site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल ओपन गल्फ प्रतियोगिता : बाबु शेर्पाले जिते उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबारसम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो ।  

एनसेलले आयोजना गरेको यस दुई दिने गल्फ प्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलका पारखीहरुलाई एउटै प्लेटफर्ममा ल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सव बनाएको छ । 

एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधि जित्न सफल भए ।   शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । 

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश   गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए ।  केसीले पुरस्कार स्वरुप ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । 

Global Ime bank

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे । 

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छन् ।

गीता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए । 

यो प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement