site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली चलचित्रमा अभिनय गर्दै बलिउड अभिनेता ह्यारी जोश 

काठमाडौं । बलिउड अभिनेता ह्यारी जोशले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । ह्यारीले नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न लागेका हुन् ।

बलिउडमा नकारात्मक भूमिकामा रुचाइएका कलाकार ह्यारीका ‘वान्टेड’, ‘धूम–२’, ‘वेलकम’ लोकप्रिय सिनेमा हुन् । 

बुधबार नेपाल आएका उनले छायांकन सुरु गरिसकेका छन् । बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको सिन छायांकन सुरु भएको हो । 

निर्देशक बाबु साहेवका अनुसार चलचित्रमा ह्यारीको विशेष भूमिका रहेनेछ । हिन्दी भाषामा बनेको सिनेमा भारतमा पनि रिलिज गर्ने निर्माण पक्षको तयारी छ । 

एक्सन–लभस्टोरी कथामा बनेको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनील थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तवलगायत कलाकारको अभिनय रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro