कला

काठमाडौं । बलिउड मुभी ‘एनिमल’मा एउटा मेसिनगन छ । जसलाई निर्माण पक्षले ‘वार मेसिनगन’को नाम दिएको छ ।
पाँच सय किलोको उक्त मेसिनगन सुरेश सेल्वराजनले बनाएका हुन् । रणवीर कपुरले पहिलो हाफको अन्तिमतिर चलाउने उक्त मेसिनगन बनाउन चार महिना लागेको थियो ।
निर्माण पक्षका अनुसार उक्त मेसिनगन बनाउन एक करोड भारु अर्थात् एक करोड ६० लाख नेपाली रुपैयाँ लागेको थियो । यो रकममा सामान्यतया नेपालमा सिंगो चलचित्र नै बन्छ । सानो बजेटमा बन्ने नेपाली चलचित्र एक/डेढ करोडमा बन्ने गरेका छन् ।
स्टार भ्यालु भएका कलाकार कम आबद्ध चलचित्र नेपालमा एक/डेढ करोडमा बन्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्