site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खगेन्द्र लामिछाने भन्छन्– ‘के घर के डेरा : घर नं २’मा ‘डिरेक्टर एक्टर’ भएर काम गरेँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ आफूले अचानक गरेको चलचित्र भएको बताएका छन् ।

चलचित्र ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु आफूले नदेखेको बताएपछि ‘के घर के डेरा : घर नं २’मा आबद्ध भएको उनको भनाइ छ । 

समय धेरै नरहेकाले आफूले आफ्नो क्यारेक्टर नै निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गरे । 

“म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,” उनले भने, “मैले यो कुरा निर्देशकलाई भनेको थिएँ । उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर एक्टर भएर काम गरेको हुँ ।” 

‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उनले स्मरण गरे । त्यसैले यही दुई सिनेमामा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उनको भनाइ छ । 

पशुपति आर्यघाट आसपासमा केही सिन रहे पनि ‘पशुपतिप्रसाद’को क्यारेक्टर र सेटिङभन्दा पूरै अलग कथामा सिनेमा बनेको उनको भनाइ छ । 

चलचित्रमा धेरै पात्रको कथा रहेको तर त्यसको ल्यान्डिङ सहज, सरल र अब्बल रहेको खगेन्द्रको दाबी छ ।

“म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमल हुन्छ । तर, यसमा त्यस्तो छैन,” उनले भने, “लेखकले लेख्दै र त्यसमा निर्देशकले राम्रो काम गर्दा धेरै पात्र भए पनि हरेकको सहज ल्यान्डिङ छ ।” 

‘के घर के डेरा : घर नं २’मा घरभेटी, डेरावाल तथा घर र डेरा नै नभएको व्यक्तिको कथा रहेको उनले प्रष्ट पारे । यो नै चलचित्रको सुन्दर पक्ष भएको उनको भनाइ छ । 

यही कारण यो चलचित्र सबैलाई ‘रिलेट’ हुने उनको भनाइ छ । । “के घर के डेरा : घर नं २ ले स्टोरी टेलिङमा नयाँ केही कुरा सिकाउँछ भन्ने लाग्छ,” उनले भने । 

‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । 

चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro