site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
Tiktok banner adTiktok banner ad

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । अमृत गुरुङले तयार पारेको गीत ‘कर्नालीका छाइला’ राजधानीमा सार्वजनिक गरिएको हो । 

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतको भिडियो भूषण दाहालले तयार पारेका छन् । 

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका  हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ । 

‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् ।

अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । “सन् २००१ मा डोल्पातिरबाट आएका अंगद हमाल र यसका संकलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,” अमृतले शनिबारको समारोहमा खुलाए, “यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।”

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण सांगीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे ।

अमृतका अनुसार यो गीत संकलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका नेपालयले प्रेस नोटमा उल्लेख छ । 

समरोहमा शनिबार प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro