site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आरती साहका श्रीमान्‌लाई थुनामा पठाउन आदेश, ससुरा धरौटीमा छुट्ने

काठमाडौं । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई श्रीमान्‌लाई थुनामा पठाउन आदेश दिएको हो ।

इजलासले आरतीका ससुरा मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

Dabur Nepal
NIC Asia

गत जेठ ७ गते आरतीको शव भेटिएको थियो । आरतीको माइती पक्षले सुनियोजित रूपमा आरतीको हत्या गरिएको बताउँदै आएको थियो । उनीहरूले श्रीमान् र ससुराविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । अदालतले थुनछेक बहसपछि गत असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । सोहीविरुद्ध उक्त विवाद सर्वोच्च अदालतमा आएको थियोे ।

आरती र मोतीबाबुबीच असार २०७७ असार २९ गते विवाह भएको थियो । दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।

11-1701876999.jpg

22-1701876999.jpg

33-1701876999.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro