site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाेदाममा एक महिलाकाे शव भेटियो, घाइतेलाई काठमाडौं ल्याउने तयारी
Tiktok banner adTiktok banner ad

विराटनगर । विराटनगरको कबाडी गोदाममा भएको आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ गोदाममै शरीर जलेको अवस्थामा थप एक महिलाको शव फेला परेको हो ।

यसअघि न्युरो अस्पतालमा उपचारका क्रममा ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो । गोदाम मृतक मण्डलकै भएको बताइएको छ ।

बुधबार अपराह्न विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित रहेको गोदाममा आगलागी भएको थियो । गोदाममै काम गर्ने श्रमिकहरूको भाग्ने क्रममा आगोको लप्काले भेटर शरीर जलेको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार घाइते तीन महिला र एक पुरुषको अवस्था गम्भीर छ ।

विराटनगर–६ बस्ने ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रीता सरदार, ५८ वर्षीय किशोर कामत र  मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामत घाइते छन् । रीता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ । 

“उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तर, चिकित्सकले थप उपचारका लागि संघीय राजधानी काठमाडौंको बर्न अस्पताल लग्न सुझाव दिनुभएको छ, त्यहीअनुसारको तयारी गरिरहेका छौँ,” डीएसपी दाहालले भने ।

आगलागीको कारण र क्षतिबारे सम्पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ । बिच बजारमा रहेको गोदाममा भएको आगलागी विराटनगर महानगरपालिका र सुनसरीबाट आएका दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro