site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले आगामी मंसिर २४ गते  देशका १० अग्रणी भिजुअल आर्टिस्टलाई विद्यालय परिसरमा चित्रकला गर्न आमन्त्रित गरेको छ ।
 
कलाकारहरूबाट सृजित चित्रकलाहरु पुस ७ गतेदेखि जीजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्प पीडितहरुको सहयोगार्थ प्रयोग गरिनेछ ।
 
गत साता मात्रै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि स्वस्तिश्री गुरुकुल आई. बि.वर्ल्ड विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय स्टाफ सबैको स्वेच्छिक सहयोग र योगदानबाट पहिलो चरणको सहयोग स्वरुप कपडा, स्टेस्नरी सामग्री र खाद्यान्न प्रभावित क्षेत्रमै पुगि पीडितहरुलाई वितरण गरिसकेको छ ।

hgeat-1701863657.JPG

स्वस्तिश्रीगुरुकुल आईबी वर्ल्ड स्कूलका विद्यार्थीहरू नियमित पाठ्यक्रमको एक भागको रूपमा धेरै सामुदायिक सेवा गतिविधिहरूमा संलग्न हुँदै आएका छन् । विद्यार्थीहरूले पछि यो कोष स्याङ्जा र बेनीघाट रोराङ गाउँपालिका जस्ता ग्रामीण क्षेत्रका विद्यालयहरूलाई स्टेशनरी र खेल सामग्रीहरू प्रदान गर्नेछन् ।

swoasti-1701863657.JPG

समुदायसँगको यस प्रकारको संलग्नताले शिक्षार्थीहरूलाई अन्तर्राष्ट्रिय मानसिकतामा समानुभूतिको विकास गर्ने र उनीहरूलाई स्थानीय रूपमा जरासँग जोड्न सहयोग पुग्ने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro