राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले एनसेल खरिद–बिक्री प्रकरणमा सरकारले कानुनको पालना गराउँछ कि गराउँदैन भनी प्रश्न सोधेका छन् ।
बुधबार लेखा समितिको बैठकमा उनले लगानी गर्दा नियम कानुनमा रहनु पर्ने बताए ।
“आजियाटाले बेचेको र स्ट्रिपले किनेको विषयमा सरकारको अडान र लबि सेयर नामसारीसम्बन्धी सबैले मान्नुपर्छ । मनाउने सरकारसँग त्यो तागत छ कि छैन ? प्राधिकरणसँग छ कि छैन । सरकारले कानुन परिपालना गराउँछ कि गराउँदैन ?,” बाँस्कोटाले सोधे ।
उनले अहिले भइरहेको कुरा रोक्नुपर्ने बताए । “लगानीकर्ता असुरक्षित हैन, देश र नागरिकले लाभ लियोस् । अहिले भइरहेको कुरा रोक्नुपर्छ । बाहिर कराएर हुँदैन,” बाँस्कोटाले भने ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १५:१८
प्रतिक्रिया दिनुहोस्