राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भाबी योजना तय गर्ने बताएका छन् ।
बुधबार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न आवश्यक रहेको बताए ।
उनले विज्ञान तथा प्रविधि क्षमता विकासमा तीब्रता आउँदै गएको महसुस भइरहेको बताए । बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्