राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एनसेल बिक्री प्रकरणमा छानबिन गरी कारबाही गरिने बताएका छन् ।
महोत्तरीको गौशालामा मधेस प्रदेशको प्रशिक्षणमा बोल्दै उनले विगतमा पनि काण्ड मच्चाउनेसँग सरकार कडा रूपमा प्रस्तुत भएको बताए ।
“विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ । अहिले फेरि एनसेलको कुरा आएको छ । मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु । नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भने ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्