site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करीसम्बन्धी छानबिन समितिले राहुल महराको बयान लिँदै

काठमाडौं । तस्करीको सुनसम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय समितिले पुर्पक्षका लागि थुनामा पुगेका राहुल महरालाई बयानका लागि बोलाएको छ ।

राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् । विद्युतीय चुरोट (भेप)मा दुबई हुँदै नेपाल भित्रिएको तस्करीको सुन प्रकरणमा राहुलको भूमिका शंकास्पद देखिएपछि उनी पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भदौ १३ मा उनलाई पक्राउ गरेको थियो । हाल जिल्ला अदालत काठमाडौंको आदेशले उनी थुनामा छन् ।

उनलाई बयानको लागि कारागारबाट छानबिन आयोगको कार्यालय सिंहदरबार बोलाइएको कारागार स्रोतले बतायो ।

सो सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिक दाओजिङ भनेसहितका आरोपी भने हाल फरार छन् । आयोगले १७ मंसिरदेखि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेकाहरूमाथि बयान लिन थालेको हो । कारागार स्रोतका अनुसार हालसम्म १९ जनाको बयान लिएको छ ।

मंगलबार राहुलसहित रेवन्त खड्का, निदेश बस्नेतको बयान भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro