site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘मिचाउङ’ले भारतमा पाँचजनाको मृत्यु, १५० उडान प्रभावित
SkywellSkywell

काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । 

आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन ।

Dabur Nepal
NIC Asia

प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ । 

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।

मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ । जसका कारण उडान र अवतरण रोकिएको छ ।

विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ ।

भारतको मौसम विभागका अनुसार उक्त चक्रवात चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu