site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रूसी सेनामा भर्ती हुन हिजोमात्रै दिल्ली हुँदै ५३ नेपाली गएको सूचना छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुनका लागि हिजोमात्रै नयाँ दिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

नेपालले स्वीकार्‍यो रुसी सेनामा नेपाली भर्ती भएको तथ्य, भन्यो– भर्ती नगर, भएकालाई तत्काल फर्काऊ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “हिजोमात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ,” उनले भनेका थिए ।

रुसी सेनामा गएका ६ नेपालीको निधन भएको पुष्टि (सूचीसहित)

यसरी अनधिकृत रुपमा नजानका लागि सरकारले अनुरोध गरिसकेको जानकारी गराउँदै रुसलाई पनि भर्ती नगर्न अनुरोध गरेको बताए । “आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान सरकारले आग्रह पनि गरेको छ,” उनले भने । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्