देश
बागलुङ । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए ।
“यस वर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको हो,” कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।”
हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस र दाना हाल्न समेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए । रासस
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १४:३३
प्रतिक्रिया दिनुहोस्