कला
काठमाडाैं । इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ ।
चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
आइतबार सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।
चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ ।
आगामी फागुनमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए ।
काठमाडौं र पोखरा तथा भारत, फ्रान्समा सिनेमा छायांकन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० ०७:३१
प्रतिक्रिया दिनुहोस्