site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

तनहुँ । ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका–९, थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक सुकमायाका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनैजनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro