देश

गोरखा । हाइटेन्सनको करेन्ट लागेर गोरखामा एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४, धावा चौताराका ७० वर्षीय बलराम विकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, बारीमा बाख्रा चराउन गएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ २०:३४
प्रतिक्रिया दिनुहोस्