site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार काँचुली र चालिसे सम्मानित 

काठमाडौं । लघुकथा समाज, नेपालले दुई साहित्यकारहरू मञ्जु काँचुली र विजय चालिसेलाई सम्मानित गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान—२०८०’ र ‘सावित्री केशर कथा सम्मान—२०८०’ कथाकार चालिसेलाई समर्पण गरे । 

उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगद राशि प्रदान गरियो ।

स्रस्टाहरूलाई सम्मानित गर्दै प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गरे । 

समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा समाजले गरेको क्रियाकलापको चर्चा गरे ।

Global Ime bank

सो अवसरमा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे, सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu