site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहससम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए ।

उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताए । 

"राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरूले गर्ने गरेका छन् । अब राम्रोका लागि दबाब सिर्जना गर्ने र सुझाव दिनुपर्ने आवश्यकता छ," उनले भने । 

अबको नीति अग्रज, युवा र भाबी पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने पनि उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro