site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उर्लाबारीमा अनियन्त्रित ट्रकले पाँचवटा सवारी साधनलाई ठक्कर दियो

विराटनगर । मोरङको उर्लाबारीमा एक मालबाहक ट्रकले पाँचवटा सवारी साधानलाई ठक्कर दिएको छ । घटनामा एकजना घाइते भएका छन् ।

बिहीबार दिउँसो अनियन्त्रित भएको मालबाहक ट्रकले उर्लाबारी चोकदेखि उत्तर मधुमल्ला रोडसम्म पाँचवटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारीअनुसार मधुमल्ला रोडमा ना ३ ख ४०७८ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भएको थिाये । जसले पार्किङमा रहेका दुई मोटरसाइकल, दुईवटा अटोरिक्सा र एउटा पिकअप भ्यानलाई ठक्कर दिएको थियो । 

ट्रकलाई सहचालक योगेन्द्र थापाले चलाएको र उनलाई नियन्त्रणमा लिइएको दासले बताए ।

उनले भने, “ठक्करबाट अटोरिक्सा चालक ४० वर्षीय तिलक बोहोरा सामान्य घाइते भएका छन् ।”

घटनाबारे अनुसन्धान सुरु गरिएको दासले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro