site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
परराष्ट्रको पत्रपछि उडान सारियो, छुटेका यात्रुको व्यवस्थापन गरिसक्यौँ : मन्त्री किराती
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्रअनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टाअघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिए ।

Dabur Nepal
NIC Asia

समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर जानकारी पाउन नसकेका यात्रुहरु मात्रै छुटेको उनको भनाइ छ । मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटेलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबई गएका थिए । राति ११ः३० को पूर्वनिधारित उडान प्रधानमन्त्री जाने भनेपछि परराष्ट्रको पत्रका आधारमा ९ः३० मा सारिएको उनले बताए ।

त्यस्तै, मन्त्री किरातीले नेपालको हवाई क्षेत्र १३ वर्षदेखि रहेको ईयूको कालोसूचीबाट हट्ने प्रक्रियामा रहेको जानकारी दिए । उनले विभिन्न १२ वटा सामान्य विषयमा सुधार गर्नेबित्तिकै नेपालको हवाई क्षेत्र ईयूको कालोसूची हट्ने दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro