site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री
तस्बिर : रत्न श्रेष्ठ/रासस ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका निम्ति दोस्रो किस्ताको रकम दिन ढिलाइ नगरिने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बिहीबार उनले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका निम्ति दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार दिइने जानकारी गराए ।

पहिलो किस्ता बुझेर आवास निर्माणको काम सुरु गर्नासाथ बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने उनले बताए । दोस्रो किस्ता दिन कुनै ढिलाइ नगरिने उनले स्पष्ट पारे ।

दुई किस्तामा दिइने भए पनि समयको ‘ग्याप’ धेरै नहुने भएकाले एकै किस्ता दिएजसरी नै रकम प्रदान गरिने उनले उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका निम्ति मात्र पाँच अर्ब रुपैयाँ चाहिने बताए । 

बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जाजरकोटमा टेन्ट एक हजार ६३४, त्रिपाल ४१ हजार ४०२, ब्ल्यांकेट ३१ हजार ६५४, म्याट्रेस १३ हजार ४९२ र स्लिपिङ ब्याग दुई हजार ४८५ वटा पठाइएको जानकारी दिए ।

यस्तै, रुकुम पश्चिममा टेन्ट ८०३, त्रिपाल २२ हजार २५०, ब्ल्यांकेट ६ हजार १७, पी फम पाँच हजार २०१ र स्लिपिङ ब्याग एक हजार ३१४ वटा पठाइएको बताए ।

हालसम्म आवास निर्माणका निम्ति जाजरकोटमा ५५ करोड, रुकुम पश्चिममा ५५ करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा दुई करोड गरी जम्मा एक अर्ब ५१ करोड रुपैयाँ पठाइएको उनले जानकारी दिए ।

गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५४ जनाको मृत्यु र ३६६ जना घाइते भएका उनले बताए ।

जाजरकोटमा पूर्ण क्षति भएका घरको संख्या नौ हजार ७९४ र २४ हजार घरमा आंशिक क्षति भएको सचिव भट्टराईले जानकारी दिए ।

रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण र नौ हजार ९६१ घरमा आंशिक क्षति भएको जनाइएको छ । यस्तै, रुकुम पश्चिममा १६ सार्वजनिक भवन पूर्ण र २१ वटामा आंशिक क्षति भएको जनाइएको छ ।

रुकुम पूर्वमा १५०, सल्यानमा ६०० बढी, रोल्पामा १०० बढी र प्युठानमा ३१ घरमा क्षति भएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro