site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो रास्वपाको ‘लिडरसिप एकेडेमी’ र ‘उमेदवार क्लब’ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘लिडरसिप एकेडेमी’ र ‘उम्मेदवार क्लब’ बनाउने घोषणा गरिएको छ ।

गएको सोमबारदेखि बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरिएको छ । उक्त प्रतिवेदनमा ०८२ सालभित्र लिडरसिप एकेडेमी बनाइने उल्लेख छ ।

“पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र बिनाकारण निषेध गरिएका असल मानिसलाई टिममा ल्याउन मैले दुईवटा अवधारणा राखेको छु,” लामिछानेले प्रतिवेदनमा भनेका छन् ।

प्रतिवेदनमा अवधारणमा लिडरसिप एकेडेमी र उम्मेदवार क्लब छ । एकेडेमीबाट प्रशिक्षित नभएको व्यक्ति कुनै पनि तहको उमेदवार बन्न नपाउने प्रतिवेदनमा उल्लेख छ ।

“हिजो राजनीतिक प्रशिक्षणको विषय र सन्दर्भ फरक थियो । राजनीतिक स्कुलिङ पनि फरक धारको थियो । आज हामी लिडरसिप एकेडेमीबाट प्रशिक्षत गरेर नेता उत्पादन गर्ने अवस्थामा आइपुगेका छौँ । लिडरसिप एकेडेमीबाट नेतालाई सबै कुराको प्रशिक्षण दिइनेछ,” प्रतिवेदनमा भनिएको छ, “लिडरसिप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले कुनै पनि तहमा उमेदवारी दिन पाउने छैनन् ।”

लिडरसिप एकेडेमी मूलतः अनलर्निङ (नयाँ तरिकाले सिक्ने) एकेडेमी हुने प्रतिवेदनमा उल्लेख छ ।

“जहाँ पढ्ने मात्र होइन, सिक्ने र गलत सिकाइलाई बिर्सने कार्य हुनेछ,” प्रतिवेदनमा भनिएको छ, “०८२ सालको अन्तिसम्म लिडरसिप एकेडेमी तयार हुनेछ ।”

उमेदवार क्लब 
प्रतिवेदनमा पहिलो चरणमा ०८४ सालको स्थानीय तह निर्वाचनमा पालिका र वडा तहका उमेदवार छान्ने गरी उम्मेदवार क्लब बनाइने उल्लेख छ । पहिलो चरणमा देशभरका पालिका र वडा तहमा उमेदवार बन्न चाहने व्यक्तिले उमेदवार क्लबमा आवेदन दिन सक्ने बताइएको छ ।

“पाँच चरणको चयन प्रक्रियामा अहिलेका वडा र पालिका संयोजकहरूले भने केवल चौथो र पाँचौँ चरणमा मात्र प्रतिस्पर्धा गर्ने सुविधा पाउनेछन् । पार्टीबाहिरको हकमा सबै चरण पार गर्नुपर्नेछ,” सभापतिको प्रतिवेदनमा भनिएको छ, “यसो गर्दा योग्य मानिस कोही पनि छुट्दैनन्, पार्टीमा लागिसकेकाहरूको प्राथमिकता पनि सुनिश्चित हुन्छ । प्रतिस्पर्धाचाहिँ अनिवार्य गरिनेछ ।”

उमेदवार क्लबको पूर्ण विधि, विवरण छिट्टै सार्वजनिक गरिने प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाका सहप्रवक्ता रमेश प्रसाईंका अनुसार लिडरसिप एकेडेमी पार्टीको आन्तरिक प्रशिक्षण गर्ने संस्था हो । त्यसको कार्यविधिसहिका विषय पछि ल्याइने भए पनि पार्टीबाहिरका व्यक्तिले लिडरसिप क्लबमा आबद्ध हुन र प्रशिक्षण लिन सक्ने उनले जानकारी दिए ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro