site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानमा हवाई आक्रमण : एकै परिवारका १४ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

पोर्टो (सुडान) । सुडानको डार्फर क्षेत्रस्थित विस्थापितको शिविरमा गरिएको हवाई आक्रमणमा एकै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।

डार्फरको अबु सुक शिविरलक्षित आक्रमणबारे स्वयंसेवकले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेरनजिकैको उक्त क्षेत्र अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन । र, खाद्यसंकटबाट गम्भीर रूपमा प्रभावित छ ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसको आश्रयस्थल बनेको छ । सेनासँग युद्धरत आरएसएफले पछिल्लो समय यस्ता शिविरलाई निसाना बनाउन थालेको छ ।

यो जामजाम शिविरनजिकै छ । अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि जामजाम शिविर खाली भएको थियो । राष्ट्रसंघले यो क्षेत्रमा झन्डै १० लाख शरणार्थी रहेका जनाएको छ ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्वआरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्तिसंघर्षका रूपमा सुरु भएको हो । राष्ट्रसंघले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटका रूपमा चिनिएको जनाएको छ ।

हाल देशको उत्तर, पूर्व र केन्द्रमा सेनाको नियन्त्रण छ । आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro