site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ सुरु
फाइल तस्बिर ।

काठमाडौं । उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स)मार्फत मुद्दाको सुनुवाइ सुरु गरिएको छ । बिहीबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नै घरबाट पनि न्याय पाउन सकिने बताए । उनले नेपालको भूभागको स्थिति हेरेर दुर्गमका नागरिकलाई आवश्यक पर्ने न्यायको पहुँच सहज गर्न यो काम गरिएको उल्लेख गरे ।

सर्वोच्चले यसअघि दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ थालेको थियो । अब मुद्दाको फर्छ्योट चाँडै, कम खर्चिलो र न्यायमा पहुँच सरल हुने माध्यम बनेको उनले बताए ।

उनले कानुन व्यवसायीलाई पनि आफ्नै ‘चेम्बर’मा बसेर बहस गर्न सकिने फाइदा यो प्रविधिबाट हुने उल्लेख गरे । आउँदा दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान विस्तार गरिने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro