site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेललाई पाठ्यक्रमकै रूपमा विकास गर्ने निर्भाना कलेज र खेलाडी संघबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको निर्भाना कलेज र नेपाल फुटबल खेलाडी संघबीच विद्यालय तहमा खेललाई पाठ्यक्रमकै अंगको रूपमा विकास गर्ने अभियान अघि बढाउने सम्झौता भएको छ ।

बिहीबार ललितपुरको कुमारीपाटीस्थित कलेज परिसरमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा खेलाडी संघका अध्यक्ष विक्रम लामा र कलेजका प्रधानाध्यापक मणिराम बन्जाडेले हस्ताक्षर गरे ।

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनसँगै गोलकिपरद्वय विकेश कुथु, विशाल श्रेष्ठ र मुख्य अतिथिमा प्रशिक्षक मेघराज केसी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कलेजका उपप्राध्यापक बुद्धिराम बन्जाडेले खेलाडी संघसँग जोडिन पाउँदा खुसी लागेको बताए । “राष्ट्रिय खेलाडी संघसँग जोडिन पाउँदा खुसी छौँ । खेलाडी संघ र कलेजको मिसन एकै होस्, शुभकामना,” बन्जाडेले भने ।

खेलाडी संघका अध्यक्ष लामाले खेलाडीले खेलसँगै शिक्षालाई पनि अगाडि बढाउनु पर्ने धारणा राखे ।

Global Ime bank

“खेलाडी जति नै पोख्त भए पनि शिक्षालाई पनि अगाडि बढाउनु पर्छ, जसले बौद्धिक क्षमाता वृद्धि गराउँछ,” लामाले भने, “दुवैतर्फबाटै फुटबल विकासमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछौँ । संघसँग जोडिएकोमा कृतज्ञ छौँ ।”

यस्तै, कार्यक्रमका प्रमुख अतिथि केसीले यो सम्झौताले नेपाली फुटबलको विकाशमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“नेपाली खेलकुदमा शिक्षाको कमी छ । खेलाडी संघले महत्त्वका साथ खेलाडीलाई शिक्षित गराउन काम गरेको छ । स्वास्थ्यसँग पनि जोडिएको छ । यो राम्रो काम हो । यसले नेपाली फुटबलको विकाशमा धेरै फाइदा पुर्याउने विश्वास छ,” केसीले भने, “सुरुबाटै स्कुलले राम्रो प्रशिक्षण गरे पनि राम्रो खेलाडी उत्पादन भएको छैन । स्कुलले फुटबलमा लगानी गरेमा पक्कै फाइदा हुन्छ ।”

निर्भाना कलेज र खेलाडी संघबीच भएको सहमति यस्ता छन्ः–

१. कलेजले शैक्षिक र खेल करियर एकैसाथ पछ्याउने क्षमता भएका फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न कलेज र संघ सहकार्य गर्ने र फुटबल खेललाई समुदायभित्र प्रवर्द्धन र विकास गर्न सहकार्य गर्ने,

२. फुटबल प्रतियोगिता र कार्यक्रमहरु मिलेर आयोजना गर्ने,

३. एकअर्काको योगदानलाई उचित श्रेय दिँदै फुटबल गतिविधिहरुको बजारीकरण र प्रवर्द्ध नगर्ने । संघले कलेज गतिविधि प्रवर्द्धन गर्न डिजिटल प्लेट फर्ममार्फत सहयोग प्रदान गर्ने,

४. कलेजले विद्यार्थी खेलाडीको विकासको लागि कोचिङ, प्रशिक्षण सुविधाहरुमा पहुँच, शैक्षिक सहयोग र अन्य आवश्यक स्रोतहरू प्रदान गर्ने,

५. कलेजले उपलब्धता र पूर्वस्वीकृतिको अधिनमा रहेर संघलाई प्रशिक्षण सत्रहरू, खेलहरू र कार्यक्रमहरू सञ्चालन गर्नका लागि फुटबल मैदान, चेन्जिङ रूम, शटल सुविधा र अन्य आवश्यक पूर्वाधारहरूलगायतका खेलकुद सुविधाहरुमा पहुँच प्रदान गर्ने,

६. संघले स्कुल र कलेजका विद्यार्थीका लागि फुटबल कार्यक्रम, कोचिङ र प्रशिक्षणको विकासमा विशेषज्ञता, स्रोत र सहयोग उपलब्ध गराउने,

७. कलेजले चयन गरिएका खेलाडीको शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने, जसमा ट्युसन, पुस्तकहरु, अन्य शैक्षिक खर्चहरु पारस्परिक सहमतिअनुसार समावेश हुन सक्छन् । कलेजले छात्रवृत्ति पाउनेलाई शैक्षिक मार्गदर्शन र अन्य सेवाहरु प्रदान गर्नेछ,

८. स्कुलले खेलाडीका छोराछोरीलाई विद्यालय शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय