site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नापोलीविरुद्ध रियालको जित
SkywellSkywell

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियाल मड्रिडले इटालियन क्लब नापोलीविरुद्ध ४–२ को जित निकालेको छ ।

बुधबार सान्टियागो बर्नबेउमा भएको खेलमा घरेलु टिमको जितमा रोड्रिगो, जुड बेलिंघम, निको पाज र जोसेलुले गोल गरे । पाहुना टिमका जियोभानी सिमोन र एन्ड्री फ्रांक जाम्बोले गोल गरेका थिए ।

Dabur Nepal
NIC Asia

जितसँगै समूह ‘सी’को शीर्ष स्थानमा रहेको रियालले पाँच खेलबाट १५ अंक जोडेको छ । च्याम्पियन्स लिगको जारी सिजन रियालले शतप्रतिशत नतिजा निकालेको छ । समान खेलबाट सात अंक जोडेको नापोली तालिकाको दोस्रो स्थानमा छ ।

बुधबार नै भएको समूह ‘सी’को अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो समूहबाट रियाल मड्रिडले अन्तिम–१६ मा स्थान बनाइसक्दा अब नापोली र ब्रागाबीचको खेलबाट नकआउट पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu