site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।

धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २-१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।

एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro