site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : ललितपुर र पोखराले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

खेलको छैटौँ मिनेटमा मोसेस त्वमको प्रहार पोस्टमा लागेर फर्किंदा पोखराले अग्रता बनाउने सुनौलो अवसर गुमायो । राइट साइडबाट फ्रयांकलिन टल्लाले निकालेको पासमा ‘फर्स्ट टच’ भली प्रहार गरे पनि सेकेन्ड बारमा लागेर फर्किएको थियो । 

Lalitpur-1701261414.jpg

३३औँ मिनेटमा कप्तान अनन्त तामाङको हेडर पोखराका गोलकिपर गुएमी प्रिसो जान्गाले पन्च गर्दै गोलको सम्भावना टारे । अनिल महर्जनको कर्नरलाई अनन्तले हेडमार्फत पोस्टको दिशा दिन खोजे पनि जान्गाले त्यो सम्भावना टारेका हुन् ।

४४औँ मिनेटमा पोखराका त्वमको हेडरले पोस्टको दिशा लिन सकेन । राइट साइडबाट आयुश घलानले गरेको क्रसमा त्वमको हेडर पोसट नजिकैबाट बाहिरिएको थियो ।

Lalitpur-Pokhara-d-1701265572.jpg

०औँ मिनेटमा पोखराका आयुशले १ यार्ड बक्सभित्रबाट गरेको प्रहार ललितपुरका गोलकिपर जेफ्री मार्सेलले सहजै जोगाए ।

८२औँ मिनेटमा पोखराका जोए आएडुले करिब २२ यार्ड परबाट गरेको प्रहार बारमाथिबाट बाहिरिँदा ललितपुरको खतरा टरेको थियो ।

Lalitpur-Pokhara-ddf-1701265571.jpg

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो । 

बराबरीसँगै प्रतियोगितामा दुई खेलबाट समान चार अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिँदा पोखरा तेस्रो स्थानमा छ ।

Lalitpur-Pokhara-1-1701265573.jpg

Lalitpur-Pokhara-1701265355.jpg

LalitpurvsPokharadg-1701267005.jpg

LalitpurvsPokhara-1701267005.jpg

LalitpurvsPokhara-d-1701267004.jpg

LalitpurvsPokhara-xd-1701267004.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro