site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्यामा बाढी : मृत्यु हुनेको संख्या ७६ पुग्यो

काठमाडौं । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

मृतकको संख्या बढ्दै गएपछि केन्या सरकारले प्रतिकार्यलाई बढाएको छ । केन्याका राष्ट्रपति विलियम रुटोको अध्यक्षतामा बसेको आपतकालीन बैठकले प्रतिकार्यस्वरुप थप १० अर्ब सिलिङ (६५.५ मिलियन अमेरिकी डलर) जारी गर्न आदेश दिएको छ ।

Dabur Nepal
NIC Asia

पूर्वी अफ्रिकी देशका विभिन्न भागमा आएको असामान्य रूपमा सक्रिय एल–निनो वर्षाका कारण ठूलो बाढीले हजारौँलाई विस्थापित गरेको छ । सरकार र एजेन्सीहरूका अनुसार हजारौँ घरहरू डुबानमा परेका छन् । 

केन्या मौसम विभागको पछिल्लो मौसम पूर्वानुमानअनुसार एल–निनो वर्षा जनवरी २०२४ सम्म विस्तार हुनसक्छ र सहरी केन्द्रहरू र अर्ध–सुक्खा तराईमा विनाश निम्त्याउने सम्भावना छ । केन्या, सोमालिया र इथियोपियामा एल–निनोको प्रभाव छ । मन्त्रिपरिषद्ले देशका ४७ काउन्टीमध्ये ३८ काउन्टी उच्च जोखिममा रहेको उल्लेख गरेको छ । 

जसमा अचानक बाढी, तराईमा सामान्य बाढी, नदीका किनारहरू भत्कने, पहिरो र माटो खस्ने, पशुधनको क्षति, खेतबारी र पूर्वाधारको विनाश हुने अवस्था रहेको छ ।

बैठकले जीर्ण सडक सञ्जाल पुनःस्थापना र प्रभावित जनसंख्यालाई मानवीय सहायता पुर्‍याउन सहजीकरण गर्न द्रुत प्रतिक्रियाको दायरा बढाउन निर्देशन दिएको छ । यसले सबै केन्यालीहरूलाई यस अवधिमा उनीहरूको यात्राको क्रममा साथै उनीहरूको घर र कार्यस्थलहरूमा सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro