site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : लगातार दोस्रो जितको खोजीमा ललितपुर र पोखरा
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स प्रतिस्पर्धाका लागि उत्रिँदा दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २-० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १-० ले हराएको थियो ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा एक खेलबाट समान तीन अंक जोडेका ललितपुर तालिकाको दोस्रो र पोखरा चौथो स्थानमा छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu