site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा साविक विजेताविरुद्ध रोकियो चितवन 

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स र चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम १० मिनेट रोमाञ्चक बनेको खेलमा चितवनका विमल घर्ती मगरले र काठमाडौंका एन्कुंगे जुनियरले गोल गरे ।

पोसेसन र मिडफिल्डमा नियन्त्रणका लागि दुवै टिमले चर्को प्रतिस्पर्धा गरे पनि गोलका लागि भने अन्तिम समय कुर्नपरेको खेलमा विमलले ८६औँ मिनेटमा गोल गर्दै चितवनलाई अग्रतामा राखेका थिए । विमलले ६ यार्ड बक्सको लेफ्ट साइडबाट गरेको प्रहार काठमाडौंका टोजिडिनोभ कोमिओनलाई लाग्दै गोल भएको थियो । 

तर, चितवनको यो अग्रता लामो समय टिक्न सकेन । इन्जुरी समयमा एन्कुंगे जुनियरले गोल गरेपछि साविक विजेता खेलमा फर्किएको थियो । 

अग्रता जोगाउन नसक्दा अंक बाँडेको चितवनका लागि यो प्रतियोगिताको पहिलो अंक हो । चितवन यसअघि पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो । यता, काठमाडौंले भने पहिलो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीलाई १–० ले हराएको थियो ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानम उक्लिएको छ ।

खेलमा दुवै टिमले अन्य केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १४औँ मिनेटमा काठमाडौंका टोजिडिनोभ कोमिवोनको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सजिलै बचाए ।

२३औं मिनेटमा काठमाडौंका शोखरुखको फितलो प्रहार बाहिरियो ।  त्यसको तीन मिनेटपछि रक्षक टेक राज बुढाथोकीको क्रसमा फरवार्ड रोशन राणा मगरको फितलो प्रहार बाहिरिँदा चितवन अग्रता लिनबाट बन्चित भयो ।

निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छ्रँदा आइकोनिक खेलाडी विमल घर्तीमगरको शक्तिशाली प्रहार बाहिरिन पुग्दा काठमाडौंको खतरा टरेको थियो ।

७३औँ मिनेटमा चितवनका विमलको प्रहार फ्रेममा रहन सकेन । अफ्रिइ अक्वाहले १८ यार्ड बक्सको राइट साइडमा निकालेको बललाई पहिलो टचमै प्रहार गरे पनि ‘सेकेन्ड बार’ नजिकबाट बाहिरियो ।

प्रतियोगितामा दुबै टिमको यो दोस्रा खेल हो । यसअघि काठमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीलाई १–० ले हराएको थियो । चितवन भने पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro