site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बाबुछोरीको कथा भन्ने ‘चित्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चित्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले तीनवटा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक तीन पोस्टरमध्ये पहिलाेमा डेब्यु अभिनेता सन्तोष अधिकारीसहित चलचित्रका मुख्य अभिनेताद्वय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । 

Dabur Nepal
NIC Asia

दोस्रो पोस्टरमा मुख्य तीन अभिनेत्री शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेता अर्पण, प्रमोद र सन्तोषलाई स्थान दिइएको छ । 

तेस्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले चलचित्रमा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् । साथमा अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रले बाबुछोरीको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । 

‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रनसँगै आयुसी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङलगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu