site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिका हत्याका अभियुक्त भारतीय नागरिक जेल चलान
प्रतीकात्मक तस्बिर ।

बाँके । बालिका हत्याका आरोपित भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका निम्ति भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।

बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेस्थित ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए । गएको कात्तिक १४ गते चौहानले डुडुवा गाउँपालिका–१, टेपरीस्थित रामकुमार बाहुनको खेतमा साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भनिने शिलावती चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार चौहानले प्रहरीसमक्ष आफूले शिलावती चमारले खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

चौहानले चमारको हत्यापश्चात् नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालीले हिर्काई खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए । चौहानले घटनालाई तोडमोड गर्न खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब १.५ किलोमिटर टाढाबाट चौहानलाई पक्राउ गरेको थियो । पीडकविरुद्ध कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखिएको थियो ।

नाबालिगको मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहोरा एसओसीओ अफिसर र तालिमप्राप्त कुकुरसहितको टोली लिएर घटनास्थलमा पुगेका थिए ।

चौहानविरुद्ध पीडित परिवारले जाहेरी नदिएका कारण प्रहरी आफैँले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलावतीको शव माटोमुनि गाडिएको अवस्थामा भेटिएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro