काठमाडौं । इजरायलले बन्दीहरूलाई छाड्न हमास तयार भएको आफू युद्धविरामलाई निरन्तरता दिन तयार रहेको बताएको छ । इजरायली सरकारका प्रवक्ताले हमास थप बन्दीहरूलाई रिहा गर्न तयार भए आफूहरू युद्धविरामका लागि तयार रहेको बताएका हुन् ।
इजरायल सरकारले अझै १८४ इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको बताएको छ ।
चारदिने इजरायल–हमास युद्धविरामको आज अन्तिम दिन हो । अन्तर्राष्ट्रिय समुदायले युद्ध विरामका लागि दबाब दिइरहेको छ ।
मध्यस्थकर्ताको भूमिकामा रहेका कतार र इजिप्टले आफूहरू सहमतिजको नजिक रहेको बताएका छन् । इजिप्टका अधिकारीहरूले थप दुई दिनका लागि युद्धविराम लम्बिन सक्ने बताएका छन् ।
इजिप्टको राज्य सूचना सेवाका प्रमुखले दुईका लागि युद्धविराम लम्बिए २० जना इजरायली र ६० जना प्यालेस्टाइनी नागरिक रिहा हुन सक्ने बताएका छन् ।