अर्थ व्यवसाय
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । तर, २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट प्यान लिन अनिवार्य नहुने पनि जानकारी दिइएको छ ।
कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० १८:२२
प्रतिक्रिया दिनुहोस्