site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नोर्बु छिरिङ शेर्पाले जिते लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आमन्त्रित गल्फ प्रतियोगिताको आठौँ संस्करणको विजेता नोर्बु छिरिङ शेर्पा बनेका छन् । दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंकसहित शनिबार उपाधि जितेका हुन् ।

११ ह्यान्डिक्यापसँग खेलेका आशिष श्रेष्ठ ४० अंकसहित प्रतियोगिताका उपविजेता बनेका छन् । प्रतियोगितामा ताशी डोङले ३९ ग्रस अंकसहित उत्कृष्ट ग्रस अवार्ड जितेकी छन् ।

महिलातर्फ ३४ अंकसहित सुमित्रा खड्का विजेता बनेकी छन् भने ३३ अंकका साथ आरती राणा उपविजेता बनेकी छन् ।

golf1-1701001219.JPG

सेवानिवृत्त मेजर जनरल महेशविक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्टब्याकमा ३४ अंकका साथ ६० वर्षभन्दा माथिका सिनियर विजेता बनेका छन् ।

यस्तै, सद्भाव आचार्यले सबैभन्दा लामो ‘ड्राइभ’ अवार्ड, ताहिर शाहले क्लजेस्ट टू दी पिन र वाङ्चेन धोन्डुपले चार बर्डी र एक इगलसहित ‘मोस्ट बर्डिज’ अवार्ड पाएका छन् ।

golf3-1701001219.JPG

लक्ष्मी सनराइज बैंकको ब्रान्ड कलरका पहिरन लगाएका विजयबहादुर श्रेष्ठले ‘मोस्ट एलिगेन्ट गल्फर अवार्ड’ पाएका छन् । लक्ष्मी सनराइज बैंकले प्रायोजन गरेको प्रतियोगितामा सात महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro