site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निवार्चित जनप्रतिनिधिले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ : महामन्त्री शर्मा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन मोरङद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानीय निकायका कांग्रेसका ३३२ प्रमुखले सङ्गठित रुपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

Argakhachi Cement Island Ad

महामन्त्री शर्माले लोकतान्त्रिक प्रणालीप्रतिको जनताको विश्वासलाई घनीभूत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको चर्चा गरे । उनले  स्थानीय निकायले प्राप्त अधिकारलाई सतर्कताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गरे ।

महामन्त्री शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा सडकमा प्रदर्शन गर्न पाउनु नै सबैभन्दा सुन्दर पक्ष भएको चर्चा गरे । उनले अहिले सबैको ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितका लागि अस्थायी टहरा निर्माण एवं न्यानो कपडा व्यवस्थाका लागि केन्द्रित हुनुपर्ने बताए । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्