site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छाउपडी प्रथा तोड्ने महिलालाई सम्मान
Sarbottam CementSarbottam Cement

बझाङ । खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिलाहरू सम्मानित भएका छन् । गडरायमा लागु भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई सम्मान गरेको हो ।

आज सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दुध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक कुरीतिविरुद्ध डटेर सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा  छन् ।

गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको प्रमिला रोकायाले बताइन् । उनले देउता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको बताइन् । रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement