site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘स्वदेशमै काम गरेर खान दे’ भन्दै युवाको अनशन

काठमाडौं । ‘स्वदेशमै गरिदान दे’ भन्दै युवाले थालेको अनशनको आइतबार तेह्र दिन पुगेको छ । राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले गरेको लगानीलाई राष्ट्रिय पुँजी घोषणा गरी त्यसको रक्षा र प्रवर्द्धन गर्ने कानुनी व्यवस्थाको माग गरिएको छ । यससँगै युवाहरूले १८बुँदे माग अघि सारेका छन् ।

उनीहरूले बैंकको ब्याजदर सात प्रतिशतमा सीमित गर्नुपर्ने, बैंकले कालोसूचीमा राखेकाहरूलाई कालोसूचीबाट हटाएर दुई वर्ष म्याद थप गर्नुपर्ने तथा जग्गा रोक्का भएकाहरूको हकमा जग्गाको पुनर्मूल्यांकन गर्दै काम सकेका निर्माण व्यवसायीको तत्काल भुक्तानी गर्नुपर्ने माग  राखेका छन् । 

4R4A7409-1716110320.jpg
 

Dabur Nepal
NIC Asia

कलंकीमा जारी अनशन बसेका युवाले हिन्दु, बौद्ध, किराँत, प्रकृतिपूजकसहितका सनातन संस्कृति र सभ्यताको संरक्षण गर्दै सनातन धार्मिक राष्ट्र घोषणा गर्न तथा एम्बुलेन्स र तीर्थयात्री बोक्नेबाहेकका भारतीय गाडी नेपाल प्रवेशमा रोक लगाउन माग गरेका छन् ।

उनीहरूले पानी ट्यांकर व्यवसायीलाई वैकल्पिक व्यवस्थापनको पनि माग राखेका छन् । मेलम्चीको पानी आपूर्ति हुँदा ट्यांकर व्यवसायीको व्यवसाय संकटमा परेको थियो । 

अनशनरत युवाले स्वदेशमै रोजगारीको ग्यारेन्टीका लागि बन्द भएका सबै उद्योग सञ्चालनमा ल्याउन माग गर्दै प्रत्येक स्थानीय तहमा नयाँ उद्योग तथा रोजगार एवम् शीपमूलक  कृषिउद्यम स्थापनाको माग गरेका छन् । उनीहरूले लघुवित्तबाट लिएको ऋण तिर्न पनि दुई वर्षको हदम्याद माग गर्दै मिटरब्याजीलाई कारबाहीको माग रहेको गोविन्द बिष्टले जानकारी दिए । उनले सरकारले आफ्ना माग पुरा नगरेसम्म सत्याग्रह जारी रहने बताए । 

4R4A7412-1716110320.jpg
 

यस्ता छन् माग 

१ : स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने , बढ्दो महंगी नियन्त्रण हुनुपर्ने , विगतमा बन्द गरिएको सम्पुर्ण उद्योग तथा कलकारखानाहरु अविलम्ब संचालन गर्नुका साथै प्राथमिकताको आधारमा सबै स्थानीय तहमा नयाँ उद्योग , रोजगार एवं सीपमूलक कृषि उद्यमहरु अविलम्ब स्थापना गर्नुपर्ने ।

२ : राज्यले तोकेको मापदण्ड भित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनैपनी क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रूपमा घोषणा गरि तिनको रक्षा प्रवर्द्धन र विकासका लागी राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने 

३ : बैङ्किङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने, वित्तीय संस्था तथा सार्वजनिक खरिद मार्फत कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने । व्यवसाय संचालनको लागि पुरानै धितोमा ३० प्रतिशत सम्म पुनकर्जाको व्यवस्था गर्नुपर्ने ।  योजना सम्पन्न भएका निर्माण व्यवसायीलाई अविलम्ब भुक्तानी गर्नुपर्ने  ।

४ : नेपालका हिन्दु , बौद्ध , किरात , प्रकृतिपूजक तथा  सनातन संस्कृति , सभ्यताहरुको संरक्षण गरि विश्वव्यापी सांस्कृतिक पहिचानका लागी सनातन धार्मिक राष्ट्र नेपाल घोषणा गर्नुपर्ने ।

५ :  यातायात क्षेत्रमा लगानी कर्ताको संरक्षण तथा पूर्ण बिमाको व्यवस्था हुनुपर्ने,  ट्राफिक ज्यादती बन्द गर्नुपर्ने , रातो प्लेटले यात्रु बोक्न बन्द गर्नुपर्ने । सवारीको २० बर्षे अवधि र लाइसेन्सको ६० बर्ष उमेर हदबन्दी तथा उपत्यकामा पिकआवर प्रणाली खारेज गर्नुपर्ने र ट्रक पार्क , ट्रान्सपोर्ट नगरी तथा ट्याक्सी स्टैण्डको व्यवस्था गर्नुपर्ने । यातायात महासंघ/संघहरुको प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न यातायात विकास प्राधिकरण गठन गर्नुपर्ने 

4R4A7417-1716110320.jpg
 

६ :  एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली काठमाडौँ बससेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्णरूपमा बन्द हुनुपर्ने , पानी ट्याङ्कर तथा व्यवसायीहरु लाई उचित विकल्पको व्यवस्था गर्नुपर्ने ।

७ :  लघुवित्त, ग्रामीण बैंक तथा सहकारीको निम्नवर्ग तथा समस्या ग्रस्त नागरिकले तिर्नुपर्ने बाँकी रहेको सावाँ -ब्याज असुलीको लागी कम्तिमा २ बर्ष तिर्ने समय दिइनुपर्ने ।

८ : मिटर ब्याजीलाई कानुन अनुसारको व्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने साथै चेक बाउन्सका मुद्दालाई देवानी कानुन अन्तर्गत राख्नपर्ने ।

९ : डरलाग्दो युवा प्रतिभा विदेश पलायन रोक्नका लागि स्वदेशमै प्रविधिक र व्यवहारिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने । नेपाललाई उच्च शिक्षाको हब बनाउन राज्यले निजि क्षेत्रलाई प्रोत्साहन गरि आवश्यक कानुनी पहल गर्नुपर्ने ।

१० : सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, मल , बिउ , किटनाशक औसधि , तालिम , सिँचाइ तथा सहुलियतपुर्ण कृषि ऋणकाे व्यवस्था गर्नुपर्ने ।

११ :  समस्याग्रस्त  सहकारी तथा वित्तीय संस्था पीडित निक्षेपकर्ताहरुको बचत फिर्ता गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने तथा सहकारी समस्या समाधान गर्न कर्जा असुली न्यायधिकरण , कर्जा संरक्षण कोष र सहुलियतपुर्ण बैंकिङ कर्जाको व्यवस्था गर्नुपर्ने ।

१२ :  संविधानमा उल्लेख गरिए अनुरुप शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिने व्यवस्था गर्नुपर्ने । इतिहास , संस्कृति जोगाउने नैतिक शिक्षा , प्राविधिक ज्ञानमा आधारित सीपमूलक शिक्षामा जोडदिने र संस्थागत विद्यालयना पढाइने पाठ्यक्रम लागुगरी स्नातकोत्तर गर्ने ।

१३ : होटल , पर्यटन , ट्रेकिङ र र्‍याफि्टङ व्यवसायलाई उद्योगमा परिणत गरि , अवैधानिक कर खारेज गर्नुका साथै नेपाल लाई शान्तिपूर्ण पर्यटकीय राष्ट्र घोषणा गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रचार प्रसार विकास र प्रवर्द्धन गर्नुपर्ने ।

१४ : वर्तमान प्रादेशिक संरचनालाई पुनर्विचार गरि  स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने ।

१५ : भ्रष्टाचारी , कमिसनखोर , सबैखाले तस्करीहरु तथा राष्ट्रघातिहरुको पहिचान गरि श्रम दण्डसहितको जेल सजायको व्यवस्था र भ्रष्टाचारीहरुको सम्पत्ति छानबिन गरि श्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने ।

१६ : उर्जाजन्य , खानीजन्य ,वनजन्य, नदिजन्य जस्ता स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहजरूपमा तत्काल नवीकरण गरि राष्ट्रिय महत्त्व प्रदान गर्दै उत्पादित सामाग्रीहरुको बजारीकरण र निर्यातको लागी आवस्यक व्यवस्था गर्नुपर्ने । ग्यास व्यवसायीका उचित मागहरू राज्यले सम्बोधन गर्नुपर्ने ।

१७ : स्वबासी धनीपुर्जाको व्यवस्था , जातीय तथा महिलामाथी हुने विभेदको अन्त्य , श्रमजीवी , भुमिहिन तथा गरिब निमुखाहरुको समस्या समाधान , खेल खेलाडीको उचित सम्मान गरि समतामूलक समाजको निर्माण , महंगी, भ्रष्टाचार , कालोबजारीको तत्काल नियन्त्रण गरि सुशासनको प्रत्याभूति गराउनुपर्ने ।१८ : राजनीतिक , आर्थिक , सांस्कृतिक समस्याको निकास स्थायी सरकार भएकोले संविधान संशोधन गरि प्रत्यक्ष कार्यकारी प्रमुखको प्रणाली लागु गर्नुपर्ने

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro