site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन स्यामुएल्समाथि ६ वर्षको प्रतिबन्ध
Tiktok banner adTiktok banner ad

काठमाडौं । भ्रष्टाचार विरोधी नियमको उल्लंघन गरेको भन्दै वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन स्यामुएल्समाथि ६ वर्षको प्रतिबन्ध लागेको छ ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार स्यामुएल्समाथि लामो प्रतिबन्ध लगाइएको जनाएको हो । आईसीसीका अनुसार स्यामुएल्सले युनाइटेड अरब इमिरेट्स (यूएई) मा सन् २०१९ मा भएको टी–१० लिगमा भ्रष्टाचार विरोधी नियमको उल्लंघन गरेका थिए । उक्त लिगपछि स्यामुएल्सले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका थिए ।

वेस्ट इन्डिजका पूर्वब्याटर सन् २००८ मा पनि प्रतिबन्धमा परेका थिए । आईसीसीका अनुसार उनले भ्रष्टचार विरोधी चारवटा संहिताको उल्लंघन गरेका थिए ।

“उनले क्रिकेटबाट सन्न्यास लिइसके पनि त्यसबेला उनी यो कार्यमा संलग्न थिए,” आईसीसीका महाप्रबन्धक एलेक्स मार्सलले भने, “स्यामुएल्समाथिको ६ वर्षे प्रतिबन्ध यस्ता कार्य गर्ने सबैका लागि बलियो सन्देश बन्ने छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro