काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अंकले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अंकले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार एक सय पाँच रुपैयाँ बराबरको कारोबार भयो ।
यस्तै, सोनापुर मिनरल्स नौ करोड ५८ लाख १६९, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार ए१८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार ४८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लाख २७ हजार ७१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, थ्री स्टार हाइड्रोपावर ८.५८, सिक्लेस हाइड्रोपावर ८.५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ८.२५ र सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले ६.३१ प्रतिशतले कमाएका छन् ।
यस्तै, नविल बैंक ८.२०, किसान लघुवित्त ५.७८, सपोर्ट माइक्रोफाइनान्स ५.३४, माहुली लघुवित्त ४.५३ र हिमालयन लघुवित्तका लगानीकर्ताले ३.७३ प्रतिशतले गुमाएका छन् । रासस