site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बल्खुमा झडप हुँदा दुईजना घाइते (तस्बिरहरू)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा सामान्य चोट लागेपछि उनीहरूलाई अस्पतालमा लगिएको नेपाल रेडक्रसका स्वास्थ्यकर्मीले बताएका छन् ।

यसअघि, कार्यक्रममा सहभागीले तोडफोड गरेका थिए । बल्खुमा पार्किङ गरेर राखिएका मोटरसाइकलहरू प्रसाईंका समर्थकले लडाएका थिए ।

नेकपा (एमाले)का कार्यकर्ताले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकले त्यसो नगर्न चेतावनी दिएका छन् । एमालेको युवा संगठन युवा संघका कार्यकर्ताले ढुंगा हानेको उनीहरूको आरोप छ ।

एमाले समर्थकले भने आफूहरूको मोटरसाइकल र्‍यालीमाथि अर्को समूहले ढुंगामुढा गरेको आरोप लगाएका छन् । आफूहरूमाथि ढुंगामुढा गरिँदा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरूको भनाइ छ ।

थप तस्बिर हेर्नोस्–

b4-1700724197.jpg

b6-1700724197.jpg

b7-1700724197.jpg

b3-1700724196.jpg

तस्बिरहरू : बाह्रखरी ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro