site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा प्रधानमन्त्रीभन्दा देउवा धेरै गयल : पाइलो नटेक्नेमा रास्वपा सांसद पनि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशन १८० दिन चल्यो ।  २०८० वैशाख २४ देखि कार्तिक १६ सम्म ६१ दिन अधिवेशन चल्यो र ६५ बैठक बस्यो । 

संघीय संसद् सचिवालयको हाजिरी विवरणअनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भन्दा कांग्रेस सभापति तथा सांसद शेरबहादुर देउवा कम सदनमा उपस्थित भएको देखिन्छ ।

प्रधानमन्त्री दाहाल २५ बैठकमा उपस्थिति जनाउँदा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा १६ दिन मात्र सदनमा उपस्थित भए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभाको दोस्रो अधिवेशन २४४ घण्टा ५० मिनेट ससंदीय काम–कारबाहीमा व्यतित भएको थियो ।

महन्थ र रवि धेरै उपस्थित, तेस्रो नम्बरमा ओली 

Global Ime bank

हाजिरी विवरण अनुसार, सबैभन्दा धेरै दिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सदनमा उपस्थित भए ।  ठाकुर र लामिछाने ६५ मध्ये ५२ वटा बैठकमा उपस्थित भएको हाजिरी विवरणले देखाउँछ । 

प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओली ४४ दिन बैठकमा उपस्थित भए ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि समान ४४ दिन बैठकमा सहभागिता जनाउने अध्यक्षमा बनेका छन् । 

जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव ४०, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ३८ र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) ले ३६ दिन बैठकमा सहभागिता जनाएका छन् । 

गगन र आरजुको उपस्थिति निराशाजनक 

६१ दिन चलेको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा २९ बैठकमा मात्र सहभागी भए ।  विगतमा थापाको नाम धेरै बैठकमा सहभागिता जनाउने सांसदमा पर्ने गर्दथ्यो ।  तर, सदनको दोस्रो अधिवेशनमा थापा वैशाखमा १ तथा कार्तिकमा पनि १ बैठकमा मात्र उपस्थित भए । 

नेता शेखर कोइराला सदनको दोस्रो अधिवेशनमा ४२ बैठकमा उपस्थित भएका छन् ।  महामन्त्री विश्वप्रकाश शर्मा ४२ बैठकमा उपस्थित भएको हाजिरीले देखाउँछ । सांसद प्रदीप पौडेल भने ५६ बैठकमा उपस्थित भए ।

यी हुन्, गयल हुने सांसद 

सदनको दोस्रो अधिवेशन बैशाख २४ बाट सुरु भएको हो । ४ बैठक चलेको वैशाखमा केही सांसदहरू चारै बैठकमा गयल भएका छन् । गयल हुनेमा पुराना नेता मात्र हैन नयाँ जोश बोकेर आएका नयाँ दलका नेता पनि छन् । 

वैशाख महिनामा एक दिन पनि उपस्थित नहुने सांसदमा पहिलो नम्बरमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । रास्वपा सांसद मनिष झा पनि वैशाख महिनामा सदन उपस्थित भएको देखिँदैन । 

मन्त्रीहरू अशोक राई, एनपी साउद, शरदसिंह भण्डारी पनि सदनमा पाइला नटेकेको उनीहरुको हाजिरीले देखाउँछ ।  वैशाखमा उपस्थित नहुनेमा मन्त्री अशोककुमार राई, सांसदहरु अजयकुमार चौरासिया, किशोरसिंह राठोर, चन्दा चौधरीले पनि कुनै पनि बैठकमा सहभागी हुन जरुरी ठानेन् । 

सांसद डिल्लीराज पन्त, दुर्लभ थापा क्षेत्री, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, भानुभक्त जोशी, मनोरमा शेरचन, योगेन्द्र मण्डल, राजकुमार गुप्ता, राजेन्द्र पाण्डे, लालप्रसाद साँवा लिम्बु, लिलादेवी बोखिम, सन्तोष चालिसे, सरस्वती सुब्बा छन् । 

जेठ महिनामा कांग्रेस सहमहामन्त्री समेत रहेका किशोरसिंह राठोरले सदनमा पाइला टेकेनन् । २० दिन चलेको बैठकमा उनले सूचना दिँदै दिँदै अनुपस्थित भएका हुन् ।  प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीमा पनि १० दिनभन्दा बढी बैठकमा अनुपस्थित हुने भए सूचना दिनुपर्ने अनिवार्य नियम छ । 

जेठमा माओवादी सांसद वर्षमान पुन २० दिनकै बैठकमा सहभागी भएनन् । रूपन्देहीकी सांसद मनोरमा शेरचनले पनि सदनलाई समय दिइनन् । उनको हाजिरी पनि शुन्य भएको देखिन्छ । 

१५ दिन बैठक चलेको असारमा पनि रुपन्देही सांसद मनोरमा शेरचन उपस्थित भइनन् । वैशाख २४ देखि साउन २७ सम्म सूचना दिएरै उनी गयल भएको सचिवालयको रेकर्डमा उल्लेख छ ।  असारमै नवलपरासी पूर्वबाट प्रतिनिधित्व गर्ने सांसद विष्णुकुमार कार्की पनि बिदामा रहे । उनले एउटा पनि बैठकमा सहभागिता जनाएनन् । 

५ दिन बैठक चलेको साउनमा पनि सांसद मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सदनमा पाइला टेक्ने जाँगर चलाएनन् । यस्तै अर्थमन्त्री प्रकाशशरण महत पनि सदन गएनन् । खानेपानी मन्त्री महिन्द्र राय यादव, पर्यटन मन्त्री सुदन किराती पनि सदन पुगेनन् । 

सांसद दिपक गिरी, मनोरमा शेरचन, स्वतन्त्र सांसद योगेन्द्र मण्डल, सांसद योगेश गौचन थकाली, विष्णुकुमार कार्की पाँचै दिन अनुपस्थित रहे  । भदौ महिनामा अर्थविद समेत रहेका सांसद स्वर्णिम वाग्ले सदनभित्र प्रवेश गरेनन् । 

यस्तै सदाबहार रुपमा मनोरम शेरचन बैठकमा गइनन् । सांसद किशोरसिंह राठोर पनि बैठकमा पुगेनन् । यो महिना ७ बैठक सञ्चालन भएको थियो । असोज महिनामा ८ दिन सदन चल्दा उपसभामुख इन्दिरा राना मगर विदेश यात्रामा निस्किइन् । उनी एक दिन पनि सदन बैठकमा पुगिनन् । 

पूर्व प्रधानमन्त्रीद्वय देउवा र नेपालले पनि सदनलाई समय दिन आवश्यक ठानेनन् ।  यही महिना रास्वपा सांसद चन्दा कार्की भण्डारी, सांसद दामोदर भण्डारी, नवलकिशोर शाह सुडी, मनोरमा शेरचन, मंगलप्रसाद गुप्ता, विनोद कुमार चौधरीले पनि सदनलाई समय दिएनन् । 

कात्तिक महिनामा ३ दिन सदन चल्यो । ३ दिन चलेको सदनमा सांसद अमृता देवी अग्रहरी देखिनन् । 

यस्तै सांसद इश्वरीदेवी न्यौपाने, असिम शाह, कालुराम राई, गंगाराम चौधरी, चन्दा कार्की भण्डारी, दिनेशकुमार यादव, ध्रुवबहादुर प्रधान, विनाकुमारी थनैत, मनोरमा शेरचन, माया राई, मेनका कुमारी पोख्रेल, मंगलप्रसाद गुप्ता, राजु थापा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सुनिलकुमार शर्मा उपस्थित भएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement