site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतको उपहार मुर्रा राँगा आज नेपाल आइपुग्दै 
फाइल तस्बिर ।

काठमाडौं । भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ । नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार १५ मध्ये तीन मुर्रा नेपालगन्जमा, पाँच लहानमा र सातवटा पोखरास्थत भैँसी प्रजनन केन्द्रमा राखिनेछ । आयातित मुर्रा राख्न प्रजनन् केन्द्रहरूमा ‘आइसोलेसन सेड’ तयार पारिएको छ ।

Dabur Nepal
NIC Asia

भारतबाट ल्याइएका मुर्रालाई कृत्रिम गर्भाधानका निम्ति प्रयोग गरिनेछ । प्रजनन केन्द्रबाट मुर्राको वीर्य उत्पादन र वितरण गरी विभिन्न सरकारी कृषि फार्महरूमा पुर्‍याइनेछ । यसबाट नेपाली भैँसीको नश्ल सुधार र दूधको उत्पादकत्वमा बढावा हुने विभागको अपेक्षा छ ।

नेपालमा मुर्रा जातका भैँसीहरू अहिले पनि पालिएका छन् । तर, तिनीहरू लामो समयदेखि एउटै प्रकारले प्रजनन भइरहेकाले नश्ल सुधारका निम्ति उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरेको डा. ढकाल बताउँछन् ।

उनका अनुसार ०७३ सालदेखि नेपालले भारतसँग खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको थियो । तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म यो प्रयास सफल नभएको उनको भनाइ छ ।

गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाललाई १५ मुर्रा जातका राँगा दिने सम्झौता गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro