site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनावपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

काठमाडौं । निकोलस ओटामेन्डीको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिलविरुद्ध १–० को जित निकालेको छ ।

ब्राजिलको माराकाना रंगशालामा भएको तनावपूर्ण खेलमा पाहुना टिमलाई जित दिलाउन ओटामेन्डीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । ओटामेन्डीले ६३औँ मिनेटमा जिओभानी लोसेल्सोको पासलाई पोस्टको दिशा दिएका थिए ।

सुरुआतदेखि नै तनावपूर्ण बनेको खेलको ८१औँ मिनेटमा जनाइलिन्टोनले रातो कार्डको दर्शन गरेका थिए । त्यसपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ।

त्यसअघि, ब्राजिलका ग्याब्रियल जिसस, राफिन्हा र कार्लोस अगस्टोले पहिलो हाफमै पहँेलो कार्ड व्यहोरेका थिए ।

छनोटमा अर्जेन्टिनाको यो पाँचौँ जित हो । ६ खेलबाट १५ अंक  जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलको भने तेस्रो हार हो । ६ खेलबाट सात अंकको ब्राजिल छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro