site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंसिर ७ को पूर्वसन्ध्यामा युवा संघले निकाल्यो मसाल जुलुस
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए । उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए ।

Agni Group

प्रदर्शनका कारण केहीबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu