site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन भयो दीपिकाको ‘प्लस साइज’को चर्चा ? कसरी पुगिन् मिस युनिभर्समा ?
तस्बिर : मिस युनिभर्सको फेसबुकबाट ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । मिस युनिभर्स–२०२३ नेपालका निम्ति विशेष रह्यो । उपलब्धिभन्दा पनि नेपालको प्रतिनिधित्व गरेकी दीपिका गारेटका विषयमा खास चर्चा गरियो ।

नेपालमा मात्र होइन, विश्वभर उनको चर्चा भयो । विदेशी सञ्चारमाध्यमले समेत उनका बारेमा समाचार लेखे । समाचारको कारण थियो, दीपिकाको ‘प्लस साइज’ ।

यसलाई सम्बन्धित क्षेत्रका व्यक्तिले कसरी हेरेका छन् ? पूर्वमिस नेपाल मलिना जोशी आफूले ताज जितेको समयभन्दा अहिले धेरै परिवर्तन आइसकेको बताउँछिन् ।

KFC Island Ad
NIC Asia

“दीपिकाको समाचार खासमा नकारात्मकभन्दा पनि सकारात्मक आएका मैले पाएको छु । समाजले हेर्ने दृष्टिकोण फेरिएको छ,” मलिना बाह्रखरीसँग भन्छिन्, “उनको उच्च आत्मविश्वासको प्रशंसा भएको थियो । समाज स्टोरियोटाइपबाट बाहिर आयो भनेर पनि उनको प्रशंसा भएको हुनुपर्छ ।”

ब्युटी प्याजेन्टमा सहभागी प्रतिस्पर्धी ‘जिरो फिगर’कै हुनुपर्छ भन्ने पुरातनवादी सोचाइमा परिवर्तन आइरहेको उनको बुझाइ छ । “म सन् २०११ मा मिस नेपाल हुँदा अलिकति मोटो भएँ भनेर धेरै आलोचना भएको थियो । तर, अहिले अवस्था त्यस्तो छैन, समाजमा धेरै परिवर्तन आइसकेको छ । दीपिकाको कन्फिडेन्सको अप्रिसिएसन भएको छ ।”

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘दीपिकाले सौन्दर्यको मापदण्ड नै तोडेको’ समाचार प्रकाशित गरेका थिए । छातीको हड्डी (ब्युटी बोर्न) देखिने जिरो फिगरका मोडललाई मात्र राम्रो अर्थात् सुन्दर महिला भन्ने मान्यता भत्काएको भन्दै उनको प्रशंसामा समाचार प्रकाशन गरियो ।

प्रतियोगितामा उत्कृष्ट २० मा पर्न सफल उनी त्यसभन्दा अगाडि पुग्न सकिनन् । तर, उनको आत्मविश्वासको तारिफ गर्दै फाइनलमा स्थान बनाउन सक्ने प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । 

कोरियोग्राफर प्रशान्त ताम्राकार दीपिकाको प्रसिद्धि र चर्चा आफूले पहिल्यै आकलन गरेको बताउँछन् । “यो वास्तवमा हामीले पहिल्यै आकलन गरेका थियौँ । उसमा रहेको आत्मविश्वास र प्रस्तुतिले उनले यति गर्न सक्छिन् भन्ने पहिला नै हामीलाई लागेको थियो,” प्रशान्त भन्छन्, “उनी जसरी मिस युनिभर्सको मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत भइन्, त्यो निकै लोभलाग्दो थियो । सँगै रहेका अरू प्रतिस्पर्धीको भन्दा उनमा आत्मविश्वासको लेवल निकै माथि देखिन्थ्यो ।”

deepak-garet-1700560348.jpg

दीपिकालाई प्रशान्तले ‘ट्रेन्ड’ गरेका थिए । मिस युनिभर्सको अवधि र त्यसबाहेक करिब दुई हप्ता उनले व्यक्तिगत रूपमा दीपिकालाई ट्रेन्ड गरे । दीपिकालाई पटक–पटक ‘प्लस साइज’ भन्दा आत्मविश्वास कमजोर हुने उनको भनाइ छ ।

“सधैँभरि प्लस साइज भनेर भनिरहँदा पनि उसको आत्मबल कमजोर हुनसक्छ । त्यसैले एउटै कुरा दोहोर्‍याइरहनु हुँदैन भन्ने लाग्छ,” उनी अगाडि थप्छन्, “सुन्दरता भन्ने कुरा शरीर मात्रै होइन, व्यक्तिले गरेको काम हो । आज दीपिकाले विश्वसामु आफ्नो आत्मविश्वास र प्रस्तुतिले नेपाललाई चिनाएकी छन् । यसले नेपालको टुरिजममा कति ठूलो हेल्प गर्छ भन्ने महत्त्वको कुरा हो । त्यति ठूलो मिस युनिभर्सको प्लेटफर्ममा गएर यो चर्चा पाउनु आफैँमा ठूलो उपलब्धि हो । हामी स्वयं दुई वर्षअगाडिसम्म यो उपलब्धिको कल्पना समेत गर्दैन थियौँ ।”

कसरी भयो चर्चा ?
परिचय, स्वीम सुटमा देखिएपछि दीपिकाको चर्चा चुलिएको थियो । उनले पछि सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको स्टेरियोटाइप (परम्परागत मापदण्ड) तोड्न पाउँदा गर्व गर्छु । मेरो जीवनको यो क्षणलाई कदर गर्दै नयाँ मिस युनिभर्समा मलाई धेरै गर्व गर्छु ।’

यो वर्षको मिस युनिभर्समा नयाँ ‘गाइडलाइन्स’ तोकिएको थियो । प्लस साइज, गर्भवती, तेस्रोलिंगी, एकल महिलालगायत व्यक्तिले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो ।

“यो नयाँ गाइडलाइन्सानुसार हामीले तयारी गरिरहेका थियौँ । त्यसैले हामीले प्लस साइज भनेर जानेरै दीपिकालाई पठाएका थियौँ,” प्रशान्त अगाडि थप्छन्, “हामीसँग ट्रान्सजेन्डर महिला पनि हुनुहुन्थ्यो, उचाइका हिसाबले ट्रान्सजेन्डर महिला पठाउने कि भन्ने पनि भएको थियो । त्यसैले यो उपलब्धि र चर्चा हाम्रा लागि अनपेक्षित होइन ।”

पछिल्लो समय समाजमा ब्युटी प्याजेन्टलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आइसकेको उनी बताउँछन् । “फ्यासन र ब्युटी प्याजेन्ट आफैँमा नराम्रो कहिल्यै हुँदैन । हिजो पनि नराम्रो थिएन, आज पनि छैन र भोलि पनि हुने छैन,” उनी भन्छन्, “मान्छेको सोचको कुरा हो । राम्रो सोच्नेका लागि हरेक कुरामा राम्रो हुन्छ, नराम्रो सोच्नेका लागि हरेक कुरा नराम्रो हुन्छ ।”

मञ्चमा देखिने कुरालाई मात्र ‘जज’ गर्न नहुनेमा उनको जोड छ । “आममान्छेले फ्यासन र ब्युटी प्याजेन्टलाई ग्ल्यामरका रूपमा मात्रै हेर्ने गरेको देखिन्छ । तर, यसमा संस्कृति एक्सचेन्जका कुरा हुन्छन्, वर्ल्डले के कुरामा एड्भोकेट गरिरहेको छ, त्यसबारे थाहा हुन्छ,” प्रशान्त भन्छन्, “युथको क्रेज केमा छ भन्ने यसबाट देखिन्छ । संसार कतातर्फ गइरहेको छ, युथ के चाहन्छ भन्ने कुरा यसबाट थाहा हुन्छ, यी कुरा कसैले देख्दैन । ग्ल्यामर मात्रै देखिँदा समस्या भएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro