site stats
बाह्रखरी :: Baahrakhari
खेल
यमनविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, अनन्तको पुनरागमन
फाइल तस्बिर।

काठमाडौं । नेपाली राष्ट्रिय टिमका रक्षक अनन्त तामाङ टिममा फर्किएका छन् । यसअघि चोटका कारण फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा अनन्तले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेल गुमाएका थिए ।

विश्वकप छनोटमै घरेलु मैदानमा हुने यमनविरुद्धको खेलका निम्ति घोषित टिममा अनन्तले पुनरागमन गरेका हुन् । टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले अनन्तलाई समेट्दै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल मंगलबार साँझ ७ बजेदेखि सुरु हुनेछ ।

Argakhachi Cement Island Ad

यसअघि, छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ४–० को हार बेहोरेको थियो । छनोटको आगामी चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जितको आवश्यकता छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् ।

नेपाली टिम

गोलकिपरः अभिषेक बराल, किरण चेम्जोङ, दीप कार्की

रक्षकः अमित श्रेष्ठ, अञ्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, रोहित चन्द

मिडफिल्डरः एरिक बिष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दीनेश हेन्जन, क्रितिश रत्न छुन्जु

फरवार्डः योगेश गुरुङ, जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सञ्जिव बिष्ट, सञ्जन बिष्ट, हिसुब थपलिया, आयुश घलान, मनिष डांगी ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्